पार्टीको आधिकारीक कार्यदिशा जनताको जनवाद : प्रचण्ड
फाइल फोटो

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष प्रचण्डले पार्टीको आधिकारीक कार्यदिशा बहुदलीय जनवाद नभएर जनताको जनवाद भएको बताएका छन् ।  

सोमबार पार्टी कार्यालय धुमबाराहीमा आयोजित जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनताको जनवादका विषयमा सहमति भएको र जनताको जनवाद नै पार्टीको आधिकारीक कार्यदिशा भएको प्रचण्डले बताए । 

प्रचण्डले जनताको जनवाद नबुझेकाले विभिन्न बखेडा झिक्न खोजेको भन्दै आक्रोस समेत व्यक्त गरे । 

प्रचण्डले सनेकपा सचिवालय सदस्य ईशवर पोखरेलतर्फ संकेत गर्दै भने,‘पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरू पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्’ । ‘कसैलुे बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्छ। दुई अध्यक्षका बीचमा यही सहमति भएको हो ।’

प्रचण्डले महाधिवेशनसम्म यही कार्यक्रम लिएर जाने र महाधिवेशनबाट पार्टीको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने भन्दै पार्टी एकता सिद्धान्तहीन ढंगले नगरिएको दावी गरेका छन् । माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको उनको भनाई छ ।





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १३:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया