गुठी विधेयक : प्रधानमन्त्री र उपत्यकाका सांसदबीच छलफल हुँदै

काठमाडौँ– गुठी विधेयकको छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न काठमाडौं उपत्यकाका आफ्नै पार्टीका सांसद् तथा मेयरहरुलाई बोलाएका छन् । विधेयकका केही बूँदालाई लिएर विरोध भइरहँदा प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरलाई छलफल गर्न बोलाएका हुन् ।

नेकपाका सांसद् जीवनराम श्रेष्ठले गुठी विधेयक विषयमा छलफल गर्न आफूहरूलाई बोलाएको जानकारी दिए । 

फरकधारसँग कुरा गर्दे सांसद् श्रेष्ठले भने, प्रधानमन्त्री कार्यालयमा दिउँसो तीन बजे विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाउनु भएको छ । उहाँसँग हामी छलफल गछौं ।’ 

गुठी विधेयकले पुरातनदेखि चल्दै आएको धर्म संस्कृति एवम् परम्परालाई प्रहार गरेको भन्दै फिर्ता लिन माग भइरहहेको छ । सत्तापक्ष र तथा प्रतिपक्षका सबै नेताले विधेयक फिर्ता गर्न माग गर्दे आएका छन् ।  

आइतबार युरोप भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा गुठी विधेयकले समस्या पार्ने भए त्यसलाई सच्याउन आफू तयार रहेको बताएका थिए । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १३:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया