सुडानमा चर्किँदो ब्लू अभियान

एजेन्सी– उत्तर अफ्रिकी देश सुडान पछिल्ला दिन युद्धका कारण ग्रसित छ । त्यही देशमा अहिले सामाजिक सन्जालमा चाहिँ ब्लू अभियान सुरु भएको छ । त्यहाँका सामाजिक सन्जाल प्रयोगकर्ता देशमा लोकतन्त्र तथा देशको पक्षमा ह्यासट्याग ब्लूफरसुडान लेखिरहेका छन् । 

विशेषतः सामाजिक सन्जाल ट्विटरमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल पिक्चरमा नीलो फोटो लगाएका छन् । यो अभियान केही दिनअघि मारिएका मोहम्मद मत्तारको समर्थनमा सुरु गरिएको हो । 

मत्तारले ३ जुनमा दुई महिलालाई सुरक्षा दिँदादिँदै सुरक्षाबलको आक्रमणमा ज्यान गुमाएका थिए । २६ वर्षका मत्तारका साथीले यो अभियान सुरु गरेका हुन् । यही अभियानमा गायक रिहाना पनि जोडिएपछि यो अभियान झन् चर्किएको छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १४:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया