गुठी विधेयकबारे उपत्यकाका सांसदसँग माधव नेपालको छुट्टै छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग छलफल गर्नुअघि नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोमबार सिंहदरबारमा उनीहरूसँग छुट्टै छलफल गरेका छन् ।

नेपालले सो विधेयकबारे सांसदरुसँग सिंहदरबारमा करिब डेढ घन्टा छलफल गरे । नेता नेपाल र सांसदबीच सोमबार दिउँसो १ बजेदेखि करिब डेढ घन्टा छलफल भएको थियो ।

छलफलमा सहभागी सांसदहरूले गुठी विधेयक फिर्ता लिन नेता नेपालसमक्ष माग गरेको बुझिएको छ । भेटका क्रममा नेता नेपालले सांसदहरूको मागअनुसार सो विधेयक संशोधन गर्न आफू लागिपर्ने आश्वासन दिएको बुझिएको छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १५:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया