पाँचतारे होटेल हायात अनिश्चितकालका लागि बन्द

काठमाडौं–  पाँचतारे होटेल हायात (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) अनिश्चितकालका लागि बन्द भएको छ ।

होटेल व्यवस्थापनले मजुदर आन्दोलनको कारण देखाउँदै बन्द गरेको हो । 

हायातले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र लेख्दै बन्द भएको जानकारी गराएको छ । 

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले सो होटेलमा हडताल गरिरहेको छ ।

होटलमा कार्यरत मजदुर संगठनको हडतालका कारण होटेल बन्द गर्न बाध्य भएको व्यवस्थापनले जनाएको छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १७:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया