चीनको सिचुआनमा भूकम्प, ११ को मृत्यु

एजेन्सी– चीनको सिचुआन प्रान्तमा गएको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ । १ सय २२ भन्दा धेरै घाइते भएका छन् । चीनको भूकम्प केन्द्रका अनुसार यो भूकम्प स्थानीय समयअनुसार सोमबार राती ११ बजे गएको हो । रेक्टर स्केलमा यो भूकम्प ६ म्याग्निच्युड मापन गरिएको छ ।

भूकम्पका कारण २० हजारभन्दा धेरै प्रभावित भएका छन् । भूकम्प आउनुभन्दा एक मिनेट अगाडि नै त्यहाँको चेतावनी प्रणालीले मानिसहरुलाई सजग गराएको थियो । त्यहाँका अधिकारीहरुले ६३ दमक र सयौँ बचावकर्मी भूकम्प प्रभावित क्षेत्रमा पुगेका बताएका छन् ।





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १०:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया