काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल नेपाली कांग्रेसले गलत संसदीय नजिर बसाल्न खोजेको आरोप लगाएका छन् । संसदीय परम्परा अनुसार प्रधानमन्त्रीको कुरै नसुनी संसद अवरुद्ध गर्नु नाजायज भएको उनको टिप्पणी छ ।
संघीय संसद परिसरमा सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै उनले भने, ‘प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटीअनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ ।’
सभामुखको रुलिङ नमानेर प्रतिपक्षले गलत संसदीय नजिर बसाल्न खोजेको उनको आरोप थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।