कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

काठमाडौं– मंगलबार कर्णाली नदीमा जिप खस्दा कम्तीमा १० जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु१ज ७१६६ नम्बरको जिप याङ्चु भन्नेस्थानमा दुर्घटना भएर कर्णाली नदीमा खसेको हो । 

जिपमा १० जना बढी सवार रहेको र गाडी र यात्रुको अवस्था थाहा हुन नसकेको हुम्ला जिल्ला प्रशासनले जानकारी दिएको छ । अहिले जिप र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खटिरहेका छन् ।  

सो जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दुर्घटनामा उपाध्यक्ष परेको जनाएका छन् । 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १५:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया