चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेस, विभिन्न गुठियारलगायतको चौतर्फी विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

राष्ट्रियसभामा दर्ता भएको सो विधेयक गुठी मास्ने गरी ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । सोही दबाबका कारण सरकार झुकेको छ ।

मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण बिथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको भन्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १७:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया