लोकतान्त्रिक शक्तिहरुको एकता बिथोल्न कांग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लाग्यो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसले संसदमा बालहठ देखाएको आरोप लगाएका छन् । आफूले संसदमा सम्बोधन गर्न लाग्दा कांग्रेसले गरेको अबरोधलाई उनले असंसदीय र अमर्यादित व्यवहारका रूपमा टिप्पणी गरे । 

मंगलबार संसदमा विपक्षी दलका नेताले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै कांग्रेसले प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा अवरोध गरेका थिए । विपक्षीको अवरोधका कारण प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न पाएनन् । 

यस घटनाबाट आक्रोशित भएमा प्रधानमन्त्री ओलीले साँझ पत्रकार सम्मेलन गरी संसदमा कांग्रेसले बालहठ देखाएको आरोप लगाए । पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलका नेता र वरियताक्रमअनुसार अरुले बोल्ने संसदीय अभ्यार रहेको प्रधानमन्त्रीको जिकिर थियो । 

उनले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैँ प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर ह्वेल घेर्न नेतृत्व गर्नुभयो । आश्चर्यतकित भएँ म, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

उनले लोकतान्त्रिक शक्तिहरुको एकता बिथोल्न कांग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लागेको बताउँदै गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको बताए ।

०१७ सालको घटना पनि प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिल्ने नीतिकै कारण उब्जिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘आज जुन प्रवृत्ति देखा गरेको छ, यसले लोकतन्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुत गम्भीर अवस्था हो ।’





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १८:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया