हर्बल चियाः राेगसँग लड्ने क्षमता बढाउँछ

एजेन्सी– चिनियाँ शोधकर्ताहरुका अनुसार दिमागमा संरचनात्मक विचार बढाउनका लागि एक कप चिया पर्याप्त हुन्छ । यसले सोच्न सक्ने क्षमता विकास गर्छ । चियाले फाइदा गर्ने पत्ता लागेपछि अहिले रेस्टुराँहरुमा पनि चियाका अनेक प्रकार उपलब्ध हुन थालेको छ । हर्बल चियाले रोगसँग राहत दिनुका साथै रोगसँग लड्ने क्षमता पनि विकास गर्छ । चियाका यस्ता अनेक प्रकार छन् जसले हामीलाई फाइदा गर्छः

ग्रिन टी

यसमा भएको एन्टिएक्सिडेन्ट शरीरमा भएका रोगसँग लड्ने क्षमता बढाउनुका साथै तौल घटाउन पनि सहयोग गर्छ । यसले कोलेस्ट्रोलको तह कम गर्छ जसबाट हृदयरोगको खतरा कम हुन्छ । रक्तचाप नियन्त्रणका लागि तथा क्यान्सरबाट बच्नका लागि पनि यो निकै उपयोगी छ । ग्रिन टी खाली पेटमा पिउनु हुँदैन यसमा कहिल्यै चिनी र दूध पनि मिसाउनु हुँदैन । स्वादका लागि यसमा महको प्रयोग गर्न सकिन्छ । दिनमा २ कपभन्दा बढी ग्रिन टी पिउँदा धेरै फाइदा हुन्छ । 

लेमन टी



लेमन टीले शरीरबाट विषाक्त पदार्थ नाश गर्न सहयोग गर्छ । यसले हृदयाघातको खतराबाट पनि राहत दिन्छ । यसले एसिडिटीबाट बचाउनुका साथै मान्छेको मुडलाई सकारात्मक बनाउने काम पनि गर्छ । शरीरमा भएको विषाक्त तत्त्व बाहिर निस्किएपछि रोगसँग लड्ने क्षमता पनि वृद्धि हुन्छ । 

दालचिनी चिया



दालचिनी चियाले रक्तसञ्चार तथा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । डायबिटिजबाट बचाउनका लागि यो चिया भरपूर फाइदाजनक छ । यो बनाउनका लागि एक लिटर पानीमा चार–पाँच चम्चा दालचिनी पाउडर राखेर उमाल्नुपर्छ । दुई–तीन मिनेटसम्म उमालेर त्यो चिसो बनाउनुपर्छ । अनि त्यसमा स्वादअनुसार मह मिसाएर पिउन सकिन्छ । 

  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १९:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया