बालुवाटारमा ओली–प्रचण्ड भेट, पार्टी एकताबारे छलफल

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटघाट भएको छ । नेकपाका एक नेताका अनुसार भेटघाटमा यी दुई अध्यक्षबीच पार्टी एकताका विषयमा छलफल भएको हो । दुवै अध्यक्षले पार्टी एकताका बाँकी काम छिटो सकाउनु पर्ने जोड दिएको ती नेताले बताए ।

दुई अध्यक्षबीच लोकसेवाको विज्ञापनको विषय र पछिल्लो समय विभिन्न विधेयकमाथि भइरहेका विवादबारे पनि कुराकानी भएको ती नेताले बताए । छलफलमा सरकारका कामहरुमाथि बढी आलोचना भएकोमा त्यसलाई नेकपाले नयाँ ढंगबाट ‘ट्याकल’ गर्नुपर्ने दुई अध्यक्षबीच कुराकानी भएको थियो । 

दुई अध्यक्षबीच लोकसेवाले खोलेको विज्ञापनसम्बन्धी विषयमा मत बाझिएको छ । प्रचण्ड लोकसेवाको विज्ञापन खारेज हुनु पर्छ भन्नेमा छन् भने ओली लोकसेवाको विज्ञापन खारेज नगर्ने पक्षमा छन् । 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार ११:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया