हायातका मजदूर काममा फर्किए, छैनन् गेस्ट

काठमाडौं– पाँचतारे होटल हायातमा कार्यरत मजदूरहरु काममा फर्किएका छन् । एक साता यता उनीहरु सेवासुविधाको माग गर्दै हड्तालमा उत्रिएका थिए । 

उनीहरु हड्तालमा उत्रिएपछि होटल बन्द भएको थियो । हड्ताल रोकेर वार्तामार्फत् सहमति निकाल्न श्रम कार्यालयले निर्देशन दिएपछि उनीहरु काममा फर्किएका हुन् । उनीहरु हड्तालमा उत्रिएपछि त्यहाँ भएका गेस्टहरुलाई अरु होटलमा सारिएको थियो । नयाँ बुकिङ लिन छाडिएको थियो । 

अब फेरि होटलले बुकिङ लिन सुरु गरेको जनाएको छ । 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार ११:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया