काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका सबै विधेयकहरु खराब नियतबाट प्रेरित भएको बताएका छन् । उनले सरकारले एकपछि अर्को प्रजातन्त्रमाथि आक्रमण गर्ने विधेयक लिएर सरकारले प्रजातन्त्रलाई समाप्त गर्न लागेको आरोप लगाएका छन् ।
‘यो मिडिया काउन्सिल विधेयक सरकारले प्रजातन्त्र सकाउन ल्याएको हो,’ बुधबार संसदमा देउवाले भने, ‘यसलाई कुनै पनि हालतमा पारित हुन दिनु हुँदैन ।’
देउवाले मिडिया काउन्सिल विधेयकमात्र नभएर सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी र राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकहरु सबै प्रजातन्त्रविरोधी भएको बताए । उनले यी विधेयकलाई कांग्रेसले कुनै पनि हालतमा पारित हुन नदिने पनि बताए ।
‘यी विधेयकलाई हामी कुनै पनि हालतमा पारित हुन दिँदैनौँ,’ देउवाले भने, ‘सरकारको बलमिच्याइँ अब चल्दैन ।’ उनले गुठी विधेयक पनि संसदमा नै फिर्ता लिनु पर्ने तर्क गरे ।
देउवाले मंगलबार संसदमा प्रतिपक्षलाई बोल्न नदिएको विषय पनि उठाए । उनले भने, ‘जहाँ पनि संसारमा पहिला विपक्षीले बोल्छ, मैले समय मागेको पनि थिएँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।