नयाँ अनुसन्धानः संगीतले क्यान्सरपीडितको दुःख कम गराउँछ

एजेन्सी– दैनिक ३० मिनेट संगीत सुन्दा क्यान्सर रोगीहरुको दुखाइमा कमी आउने नयाँ अनुसन्धानले पत्ता लगाएको छ । यो नयाँ अनुसन्धान ताइवानमा गरिएको हो । शोधकर्ताका अनुसार जब क्यान्सर रोगी संगीत सुन्छन्, उनीहरुको मस्तिष्कमा एउटा त्यस्तो रसायन निस्कन्छ जसले उनीहरुलाई सकारात्मक र खुसी राख्न सहयोग गर्छ । 

ताइवानको युआन्स जनरल अस्पतालमा भएको शोधअनुसार क्यान्सरको उपचारका क्रममा क्यान्सरपीडितलाई थकान तथा दुःख निकै धेरै हुन्छ । र, यो समयमा दैनिक ३० मिनेट संगीत सुन्दा मस्तिष्कबाट एन्डोर्फिन डोपामाइन तथा सेरोटोनिन जस्ता हर्मोनको उत्पादन हुन्छ । यसले क्यान्सरपीडितलाई सहज बनाउने अनुसन्धानले देखाएको छ । 

यतिमात्र होइन, शोधकर्ताहरुका अनुसार संगीतमा पनि क्लासिकल संगीत तथा भजनहरु सुन्दा बिरामीलाई धेरै सहज हुन्छ । 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १२:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया