सत्तारुढ सांसदको असन्तुष्टि : रुकुमको बजेट झापा हालियोस्, म प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु

काठमाडौं– पूर्व ऊर्जामन्त्री एवं सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा  तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले  बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।

अहिले देशको शिर निहुरिएको र आफू दुःखी भएको बताउँदै उनले भने, ‘श्रम सहकारी गठन होला, हजारौँ युवालाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाऊँ भन्ने नारा आउला भन्ने सोचेको तर कहाँ के भयो भनेर छाती फुलाउने अवस्था छ ? 

आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै उनले त्योबापत आफूले सजाय पाएको भन्दै उनले दुःख व्यक्त गरे । उनले भने, ‘मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’

भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा टिप्पणी गर्दै उनले भने, ‘२४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले थपे, ‘२ करोड ४० लाख भएपनि दुई लाख ४० हजार भए पनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १६:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया