बुधबार सेयर बजार स्थिर

काठमाडौं– मंगलबार २ अंकले तल झरेको सेयर बजार बुधबार भने स्थिर देखिएको छ । जम्मा ०.२० अंकले मात्रै ओरालो लागेर बजार स्थिर देखिएको हो । 

बुधबार कारोबार रकम पनि जम्मा ३० करोड रुपैयाँमा सीमित भयो । दिनभर भएका ४ हजार ४ सय २८ कारोबारबाट १ सय ६९ कम्पनीका ९ लाख ८० हजार ९ सय १९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा देखिएको छ । यसको दिनभरमा २ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एसियाको सेयर मूल्य बुधबार ४ सय ६६ रुपैयाँ पुगेको छ ।

कारोबार आधारमा प्रभु बैंक दोस्रो नम्बरमा देखिएको छ । यसको पनि दुई करोड रुपैयाँमाथि कारोबार भएको छ । प्रभु बैंकको सेयर मूल्य बुधबार २ सय ६५ रुपैयाँमा बन्द भएको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर र तारागाउँ होटल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा देखिएका छन् । यी सबैको करोडभन्दा माथि सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १६:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया