एजेन्सी– भारतीय क्रिकेट टिमका ओपनर शिखर धवन औंलामा भएको चोटका कारण यसपटकको विश्वकपबाट बाहिरिएका छन् ।
यसअघि उनी तीन साताका लागि मात्र खेल्न नसक्ने बताइएको थियो । तर, भारतको समाचार एजेन्सी पिटिआइले धवनले अब कुनै पनि खेल खेल्न नसक्ने बताएको छ ।
३० मेमा सुरु भएको विश्वकप एकदिवशीय क्रिकेटको फाइनल खेल १४ जुलाईमा हुँदैछ ।
शिखर धवन अब खेल्न नसक्नु भनेको भारतका लागि ठूलो झट्का हो । शिखरले अष्ट्रेलियाविरुद्धको खेलमा १०९ बलमा ११७ रन प्रहार गरेका थिए । यही खेलमा उनको बायाँ औंलामा चोट लागेको थियो । तर, आउट नहुँदासम्म उनी क्रिजमा बसे, खेलिरहे ।
पाकिस्तानसँग भएको खेलमा चाहिँ भारतीय टिममा शिखर धवन थिएनन् । उनको ठाउँमा केएल राहुल र रोहित शर्माले ओपनिङ गरेका थिए ।
शिखरको उपचारमा संलग्न चिकित्सकले चाहिँ उनको औंला फ्र्याक्चर भएको बताएका छन् ।
भारतले यसपटकको विश्वकपमा अहिलेसम्म दुई खेलमात्र खेलेको छ ।
अब शिखर धवनको ठाउँमा ऋषभ पन्त वा श्रेयस अय्यर आउन सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।