रेडबुललगायत इनर्जी ड्रिंक आयातमा प्रतिबन्ध

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेडबुललगायतका इनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध लगाएको छ ।

क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको सरकारले जनाएको छ ।

यस्तै, मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत पूर्ण रुपमा रोक लगाएको छ ।

निर्याततर्फ भने हिमाली जिल्लामा उत्पादन हुने चामलको निकासी खोलेको छ । यस्तै दालजन्य वस्तुमा रहरको निकासीसमेत खोलिएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १८:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया