काठमाडौं फोटोग्राफर संघको नयाँ कार्य समिति चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न १७ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष तीन र सचिवमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरि ज्ञवाली, सचिव कालिकाप्रसाद रिमाल, सहसचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्रलाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा ११ जना चयन भएका छन् । जसमा वासुदेव घिमिरे, केशव राज भट्टराई, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरेलगायत रहेका छन् ।
सोही अवसरमा सफल कार्यकाल पूरा गर्ने सबै बोर्ड सदस्यहरूलाई कार्यक्रममा कदर प्रदान गरिएको थियो । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान जयन्तीलाल जोशी र सक्रिय महिला सम्मान ललिता खड्काले प्राप्त गरेकी छिन् ।
त्यस्तै विश्व फोटोग्राफी दिवसको दिनमा आयोजित फोटो वा कार्यक्रममा उत्कृष्ट भएका २० वटा फोटोहरू प्रदर्शनीमा राखिएको थियो । सो अवसरमा प्रथम तृतीय र तृतीय हुनेलाई सम्मान दिएको थियो । प्रथम हुनेमा नन्दु श्रेष्ठ द्वितीयमा निशान्त दाहाल र तृतियमा झक्कु रोका रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।