जनकपुरको एक होटलमा सिलिन्डर विस्फोट, ३ होटल खरानी
साङ्केतिक तस्वीर

जनकपुर– जनकपुरधाम उपमहानगरपालिकामा पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा आगलागी हुँदा छेउछाउका दुई पसल पनि जलेर नष्ट भएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार यो आगलागी मध्यरातपछि सुरु भएको थियो । आगलागीका कारण त्यहाँ राखिएका ८ वटा सिलिन्डर विस्फोट भएका छन् । 

प्रहरीले फ्रिजको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । 

आगलागीबाट करिब ३० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १०:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया