सय अर्ब डलर क्लबका तेस्रो व्यक्ति भए बर्नाड

एजेन्सी– उपभोक्ता कम्पनी एलविएमएचका चेयरमेन बर्नाड अर्नाल्टको वास्तविक सम्पत्ति मंगलबार एक सय अर्ब डलर पुगेको छ । विश्वमा यति सम्पत्ति हुने जम्मा तीन जना छन् । उनीबाहेक अमेजनका संस्थापक जेफ बेजोस तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको मात्र सय अर्ब डलर सम्पत्ति छ । 

एलएमविएचको सेयरमा झन्डै ३ प्रतिशत बढ्दा बर्नाडको सम्पत्ति सय अर्ब डलर नाघेको हो । 

फ्रेन्च व्यवसायी बर्नाडको कुल सम्पत्ति फ्रान्सको जिडिपीको ३ प्रतिशत बराबर हो । ब्लूमबर्ग इन्डेक्समा सामेल भएका उनको सम्पत्ति हरेक दिन अपडेट हुँदै जान्छ । 

योसँगै बर्नाड विश्वका तेस्रो धनी व्यक्ति भएका छन् । उनले वारेन बफेट र मार्क जुकरबर्गलाई पछाडि पारेका छन् ।

बर्नाडसँग एलविएमएच कम्पनीको करिब ५० प्रतिशत सेयर छ । सन् १९८८ मा उनले फेसन हाउस क्रिश्चियन डायरको पनि ९७ प्रतिशत सेयर आफैंसँग राखेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १०:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया