सेयर बजारमा करिब ६ अंकको सुधार

काठमाडौं– बिहीबार बजारमा सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५ दशमलव ९० अंकको सुधार आएको छ । साताको अन्तिम दिन नेप्से ५ दशमलव ९० अंकले वृद्धि भएर एक हजार २ सय ६४ दशमलव ३६ अंकमा पुगेको हो । 

सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स १ दशमलव शून्य ८ अंकले बढेर २ सय ७१ दशमलव ६० अंकमा पुगेको हो  ।  बजारमा १ सय ७१ कम्पनीका १३ लाख ७५ हजार ५ सय ४१ कित्ता सेयर ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा कारोबार भएको छ । 

बिहीबार बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये ८ समूह उकालो लागेका छन् भने बाँकी तीन समूह ओरालो लागेका छन् । माइक्रो फाइनान्स समूह सर्वाधिक १३ दशमलव ७८ अंकले उकालो लाग्यो भने उत्पादनमूलक समूह सर्वाधिक १२ दशमलव ८८ अंकले ओरालो लाग्यो ।

साताको अन्तिम दिन सेयर बजारमा शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भयो । यसदिन कम्पनीको सेयर ३ करोड ३ लाख १३ हजार २ सय ९९ रुपैयाँमा कारोबार भएको हो । 

नेप्से बढेको दिन गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसदिन कम्पनीको सेयर ९ दशमलव ८७ प्रतिशतले बढेको हो । त्यसैगरी, रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक ५ दशमलव २६ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १७:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया