६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

सिमरा तनाव नरोकिँदा प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

बाराको सिमरा क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतका नेताहरू पुग्ने तय भइरहँदा बुधबार त्यहाँ तनाव उत्पन्न भयो । एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपपछि सुरु भएको तनाव अझै शान्त हुन सकेको छैन । 

लगातारको अस्थिरता र विमानस्थलमा गरिएको तोडफोडपछि लागू गरिएको कर्फ्यु बिहीबार पनि राति ८ बजेसम्म लम्ब्याइएको छ।



यही परिस्थितिको समीक्षा तथा सुरक्षा अवस्थाबारे निर्णय गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी हुन् । 

स्रोतका अनुसार बैठकमा आगामी निर्वाचनका लागि सेना परिचालन सम्बन्धी निर्णय पनि प्रमुख एजेन्डा रहनेछ । गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले सेनालाई परिचालन गर्न रक्षा मन्त्रालयमा पत्र पठाउने निर्णय गरिसकेको र त्यो पत्र मन्त्रालय पुगेको पुष्टि भएको छ।



सिमरामा बढ्दो तनाव र निर्वाचन नजिकिँदा त्यसको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले उच्च तहमा सुरक्षा समीक्षा तीव्र बनाएको हो ।  



  • प्रकाशित मिति : ४ मंसिर, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया