१२ पास नगरी विदेश पढ्न जान नदिने सरकारी निर्णयविरुद्ध सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं– १२ पास नगरी विदेश पढ्न जानेलाई नो अब्जेक्सन लेटर नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता रामदत्त ओझाले दायर गरेको रिटमाथि बुधबार पहिलो सुनुवाइमै न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिएको हो ।

एसइई पास गरेका विद्यार्थीले बंगलादेश, अस्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा ६ महिने भाषा पढ्न जाने भन्दै स्वीकृति (नो अब्जेक्सन लेटर) लिएर काम गर्न जाने क्रम बढेको भन्दै सरकारले लेटर दिन बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता ओझाले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्णयसँगै मन्त्रालयले ‘१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिन’ मातहतका कार्यालयलाई निर्देशन दिएको थियो । 

विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ । गत आर्थिक वर्ष मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर ७० हजारभन्दा बढी विद्यार्थी विभिन्न कोर्स गर्न विदेश गएका थिए । 





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १०:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया