बिपी कोइरालाको नीति राप्रपाको मार्गदर्शक सिद्धान्त

काठमाडौं– कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मार्गदर्शकको रुपमा लिने भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गरे । जुन कार्यपत्रमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अघि बढाउने उल्लेख छ ।

‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश, महेन्द्रको राष्ट्रवाद र जननेता बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा राप्रपाले अघि बढाउने छ,’ राजनीतिक कार्यपत्रमा लेखिएको छ । 

सो कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले सनातन धर्म, संस्कृतिमाथि योजनाबद्ध तवरले आक्रमण भइराखेको भन्दै चिन्ता व्यक्त गरेका थिए । देशमा लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिराखेको उनको जिकिर थियो ।  





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार १०:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया