नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कमा सुरू

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा सुरु भएको छ । जुन २१ (असार ६ गते) शुक्रबार नेपाली समय अनुसार राति १०ः३० मा प्रारम्भ भएको सो कार्यक्रम २३ तारिख (असार ८) सम्म चल्नेछ । 

कार्यक्रमको प्रथम दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको चौधौँ वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण एवं सार्थक अन्तरक्रिया भएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उद्घाटन गरेको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालालगायत नेताहरुले सम्बोधन गरेका थिए ।  

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्र सिंह कार्कीको सभापतित्वमा भएको प्रथम दिनको कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल र गैरआवासीय नेपाली संघका अन्तर्राष्टि«य उपाध्यक्ष कुल आचार्यले सम्बोधन गरेका थिए ।  

कार्यक्रममा तीन विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । डिआइपिडीका पूर्वडाइरेक्टर Bjorn Forde ले ग्लोबल वार्मिङः असर र जिम्मेवारी, विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, ‘डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा’ विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एसोसिएट प्रा.डा. अमृत राईले कार्यपत्र प्रस्तुत गरे भने आधुनिक कृषि प्रणालीबारे सुरज ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । 





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार १२:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया