आउँदाे वर्ष थप ५ लाख राेजगार: श्रममन्त्री विष्ट

काठमाडौं– सोमबार प्रतिनिधि सभा बैठकमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो भइरहेको बताएका छन् । उनले सरकारले केही समयमा नै बेरोजगारको सूची दर्ता हुने पनि बताएका छन् । उनले सबै स्थानीय तहहरुमा रोजगार सिर्जना केन्द्र स्थापना भइसकेको पनि बताएका छन् । 

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अन्य कार्यक्रमहरुका लागि काम गर्न अगाडि बढेको बताएका छन् । उनले आइटी सेक्टरमा कार्यदल गठन गरेर काम भइरहेको पनि बताए । 

उनले तीनै तहका सरकारको समन्वयको प्रयत्नबाट विभिन्न रोजगार सिर्जना गर्ने कामहरुमा सरकार केन्द्रित भएको पनि बताएका छन् । 

‘वैदेशिक क्षेत्रका रोजगारी कम गर्ने योजना सरकारले बनाएको छ,’ उनले भने, ‘यी कामहरुबाट आउँदो वर्ष थप पाँच लाख बेरोजगार युवालाई थप रोजगार सिर्जना गर्न सफल हुनेमा विश्वस्त हुन अनुरोध गर्न चाहन्छु । सरकारले यी कामहरुलाई गम्भीर भएर अगाडि बढाएको छ ।’

उनले यसबीच ३ सय कार्यालयमा श्रम अडिट गरिएकाे, चिया बगानमा काम गर्ने मजदूरकाे पारिश्रमिक समायाेजन गरिएकाे पनि बताएका छन् ।





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १२:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया