एजेन्सी– बेलायतमा जारी एक दिवशीय विश्वकपमा बंगलादेशले सोमबार अफगानिस्तानलाई हराएर सेमिफाइनलमा पुग्ने आशा बाँकी नै राखेको छ । उसको अर्को खेल २ जुलाईमा भारतसँग हुँदैछ ।
अफगानिस्तानसँगको खेलपछि बंगलादेशका अल राउन्डर शाकिब अल हसन निकै चर्चामा छाए । उनले त्यो खेलमा निकै राम्रो प्रदर्शन गरेका थिए । तिनै शाकिबले अब हुने भारतसँगको खेल पनि आफूहरुका लागि सहज हुन सक्ने अभिव्यक्ति दिएका छन् । ‘भारत एउटा बलियो टिम हो,’ उनले भनेका छन्, ‘तर, हामीहरुले उनीहरुलाई हराउन सक्छौँ ।’
अफगानिस्तानलाई जितेपछि बंगलादेशसँग सात अंक छ । पोइन्ट्स टेबलमा बंगलादेश अहिले पाँचौ नम्बरमा छ । भारत चाहिँ पाँच खेल खेलेर ९ अंकका साथ तेस्रो स्थानमा छ । भारतले बंगलादेशसँग भन्दा पहिले वेस्टइन्डिजसँग पनि खेल्दैछ ।
शाकिबले भनेका छन्, ‘हाम्रो अबको खेल भारतजस्तो बलियो टिमसँग हुँदैछ । हाम्रालागि यो निकै चुनौतिपूर्ण हुँदैछ तर हामी यो खेलमा जित निकाल्ने पक्षमा छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।