एसइईको नतिजा यसै साता
फरकधार / १० असार, २०७६

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७४–०७५को एसइई परीक्षाको नतिजा यसै साता प्रकाशन हुने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।



गत चैतको १० गतेबाट सुरु भएको परीक्षा १८ गते सकिएको थियो । संघीय संरचनाअनुसार पहिलोपटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । 

तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी सहभागी भएका थिए ।

  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १४:४९:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया