अन्तर्राष्ट्रिय उडान बढाउने निगमको तयारी

काठमाडौं– नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान बढाउने तयारी गरेको छ । यसअघि दिल्लीका लागि हप्तामा १४ उडान भरिरहेको निगमले अब २१ उडान गर्ने योजना बनाएको छ ।  

युनाइटेड अरब इमिरेट्समा ३ डडान भइरहेकोमा अब हप्तामा एक उडान थप गरेर ४ उडान पुर्याउने भएको छ । 

निगमले आन्तरिक उडानतर्फ पाइलटलाई नेपालमा नै तालिम दिने व्यवस्था पनि गरेको छ । यसका लागि निगमले अप्रुभल ट्रेनिङ अर्गनाइजेसनसम्बन्धी संस्थागत कार्य अघि बढाउने जनाएको छ । 

निगमकाअनुसार वाइ १२ ई उडान गर्न दुईजना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सकेर सो जहाज सञ्चालन गरिनेछ ।  ट्विनअटर जहाज सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्था गर्दै जानको लागि एक वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम दिइरहेको छ भने बाँकी तीनजनाको तालिम आगामी साउन मसान्तसम्म सकिनेछ । 

पाइलटजस्तो दक्ष जनशक्तिको सिमुलेटर तालिम सम्पन्न भई लाइसेन्स प्राप्त भए पछि पनि प्रशिक्षक पाइलटसँग निश्चित घण्टा उडान गरी लाइन क्लियरेन्स गरे पछि मात्र नियमित उडान भर्न मिल्ने भएकोले निगमले तयार गरेको जनशक्तिको लाइन क्लिरेन्सको क्रम जारी रहेको छ । 

न्यारो वडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारो वडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडवडीमा समेत नेपाली जनशक्ति तयार गर्ने निगमको योजना छ । 



निगमले थप नेपाली जनशक्ति नियुक्त गर्न लोकसेवा आयोग मार्फत आवेदन माग गरी नियुक्ति सम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ । 

अन्तर्राष्ट्रिय कम्पनी विसिटी ले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयं ने.वा.नि.का इन्जिनियरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रुपैयाँसम्म बचत हुने निगमको दाबी छ । 



  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १५:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया