राष्ट्रियसभाबाट सर्वसम्मत फिर्ता भयो गुठी विधेयक

काठमाडौं– सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको गुठी विधेयक फिर्ता भएको छ ।

राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेपछि सभाबाट विधेयक सर्वसम्मत रूपमा फिर्ता भएको हो ।

मन्त्री अर्यालले जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिई आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको जानकारी बैठकमा गराउँदै विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

गुठी विधेयक फिर्ता भइसकेपछि पनि खारेजीको माग रखिएको भन्दै आश्चर्य व्यक्त गरिन् । गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी उनले आग्रह गरिन् । 

‘फिर्ता गरेर पुग्दैन भनेको सुन्दा अचम्म लाग्छ,’ उनले भनिन्, ‘जुन चिज थियो झिकेर लगियो, अब कुन चिज खारेजी गर्ने हो ?’ 

गत वैशाख १७ गते राष्ट्रियसभामा दर्ता भएको सो विधेयक जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो भने जेठ १३ गते सामान्य छलफल भएको थियो ।



विधेयकविरूद्ध व्यापक प्रदर्शन भएपछि सरकारले फिर्ता लिने निर्णय गरेको थियो । संसदमा प्रस्तुत भइसकेको विधेयक संसदबाटै फिर्ता लिने प्रचालनअनुसार मन्त्री अर्यालले फिर्ता गरेकी हुन् । 



  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १५:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया