करेन्ट लागे चम्किन्छ दिमाग

एजेन्सी– विद्युत्को स्विच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने एक अध्ययनले दाबी गरेको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने अनुमान गरिएको छ । यो अध्ययन जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले गरेका हुन् । 

यसरी बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने र यसले निकै फाइदा हुने त्यो शोधको निष्कर्ष छ । न्युरोसाइन्टिस्टहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् । यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरुले बताएका छन् । 

ब्रेन स्टिमुलेसन नामको एक पत्रिकामा प्रकाशित शोधका अनुसार यो कुरा केही विद्यार्थीमा टेस्ट पनि गरिएको थियो । र, ती विद्यार्थीको नतिजा राम्रो रहेको उनीहरुले निष्कर्ष निकालेका छन् । 





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १९:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया