२४ फागुन, २०८२ आइतबार
March 8, 2026

मधेस सरकारमा थपिए दुई मन्त्री, मुख्यमन्त्रीले कहिले लिँदै छन् विश्वासको मत ?

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार मन्त्रिपरिषदलाई विस्तार गर्नेक्रममा दुईजना मन्त्री थपेका छन् ।

मुख्यमन्त्री यादवका अनुसार सरकारलाई समर्थन गरिरहेका सात दलीय गठबन्धनको बैठकमा भएको सहमतिका आधारमा मन्त्रिपरिषद विस्तार गरिएको हो ।



गठबन्धनको आजै बसेको बैठकले मन्त्रालय बाँडफाँटसहित विस्तारको निर्णय गरेको उनले जानकारी दिए । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराए ।

विस्तारित मन्त्रिपरिषदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रानीकुमारी तिवारी शिक्षा तथा संस्कृतिमन्त्री बनेकी छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका जवाहरलाल कुशवाहलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 



यसअघि मन्त्री नियुक्त भए पनि मन्त्रालय नपाएका सदस्यलाई समेत जिम्मेवारी तोकिएको छ । कांग्रेसका जंगीलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् ।

नेकपा एकीकृत समाजवादीका कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनमत पार्टीका हेशप्रसाद यादव यसअघि नै अर्थ मन्त्रीको रूपमा कार्यरत छन् ।

मुख्यमन्त्री यादवले आगामी ४ पुसमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।



  • प्रकाशित मिति : २९ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया