पाकिस्तानः प्रधानमन्त्रीकै पार्टीका नेताले लाइभ टिभी कार्यक्रममा पत्रकार कुटे

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफका नेताले न्युज च्यानलमा चलिरहेको एक लाइभ कार्यक्रममा नै पत्रकारलाई कुटपिट गरेका छन् । पिटिआइका नेता मसरुर अली सियालले कराँची प्रेस क्लबका अध्यक्षसमेत रहेका इम्तियाज खानलाई लाइभ कार्यक्रमकै समयमा हातपात गरेका हुन् । 

यो घटनाको भिडियो अहिले सामाजिक सन्जालमा निकै भाइरल भइसकेको छ । पाकिस्तानमा सामाजिक सन्जाल प्रयोगकर्ताले चाहिँ ती नेताको चर्को विरोध गरेका छन् । अधिकांशले प्रश्न गरेका छन्– के यो इमरान खानले बनाउने भनेको नयाँ पाकिस्तानमा यस्तै हुन्छ ?

पत्रकार र ती नेताबीच एउटा मुद्दामा विवाद भएपछि ती नेता रिसमा पुगेका थिए । रिसाएका ती नेताले तत्काल सिटबाट उठे र पत्रकारमाथि हात हालिहाले । यी दुई बाहेक अन्य दुई पाहुना पनि कार्यक्रममा उपस्थित थिए ।

याे कार्यक्रम तिनै पत्रकारले चलाएकाे भने हाेइन । उनी पनि कार्यक्रममा पाहुनाका रुपमा पुगेका िथए । 





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १९:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया