इटहरीका मेयर द्वारिकलालकाे कारवाही माग गर्दै २१ संघसंस्था

इटहरी–  इटहरीका मेयर द्वारिकलाल चौधरीले महिलालाई अपमान हुने शब्द प्रयोग गरेकाेमा कारवाही हुनु पर्ने माग गर्दै इटहरीका २१ वटा सामाजिक संस्थाले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् । 

वेश्याबृत्ति नियन्त्रण गर्ने कार्यक्रममा महिलालाई अपमान हुनेगरी शब्द प्रयोग गरेकाे भन्दै चौधरीलाई फौजदारी अपराधमा कारबाही गर्न माग गर्दै समाजिक संस्थाहरुले मुख्यमन्त्री शेरधन राईलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । 

चौधरीले पित्तृसत्तात्मक सोचले ग्रस्त भएर देशको संविधानको मर्म र फौजदारी संहिता बिपरित महिलाहरुलाई अपमानजक गाली गलौज गरेकोले उनलाई कारबाही हुनुपर्ने माग छ । महिला सञ्जाल इटहरी, मानव अधिकार रक्षक परिषद इटहरी, मानव अधिकार रक्षक परिषद एक नम्बर प्रदेश, श्रमिक महिला साझा मञ्च सुनसरीलगायतका संस्थाले सो माग गरेका हुन् ।

मेयर चौधरीले ४ असारमा इटहरी उपमहानगरपालिका १६ र १७ मा आयोजित समाजिक बिकृती नियन्त्रण गर्ने कार्यक्रममा महिला बिरुद्ध आपत्तिजनक शब्द बोलेका थिए । 

उनले केही दिनअगाडि प्रेस विज्ञप्ती जारी गरी माफी समेत मागेका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया