अछाममा ट्र्याक्टर दुर्घटना, ३ विद्यार्थीकाे मृत्यु

अछाम– अछामकाे चाैरपाटी गाउँपालिकाकाे शाेकट भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटनामा परेकाे छ । ट्र्याक्टरमा चढेका तीन विद्यार्थीकाे घटनास्थलमा नै मृत्यु भएकाे छ । चार जना घाइते भएका छन् । 

से १ त ७८३९ नम्बरकाे ट्र्याक्टर दुर्घटनामा परेकाे हाे । 

मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार रमेशले एसइइ परीक्षा यसै वर्ष दिएका हुन् । लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।

चालक भने हाम फालेर भागेका छन् । ४ घाइतेको अहिले उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार ९:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया