दाङको लालमटियामा सिभिल बैंकको शाखा

काठमाडौं– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

लालमटिया शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १४:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया