टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप !

एजेन्सी– बलिउडको एक हट जोडीको ‘ब्रेकअप’ भएको खबर बाहिरिएकाे छ । तीन वर्षअघिदेखि डेट गरिरहेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअपका भएको खबर बाहिरिएको हो । 

भारतबाट प्रकाशित पिंकभिलाले टाइगर र दिशाको अफिसियल्ली ब्रेकअप भएको जनाएको छ । उनीहरुको ब्रेकअपको खबरले अहिले भारतीय मिडिया तताएको छ ।

दुबैको निकटको स्रोतअनुसार पछिल्लो केही हप्तादेखि टाइगर र दिशाको सम्बन्धमा खटपट आएको र उनीहरुले सहमतिमै छुटिने निर्णय लिएका छन् ।

हिरो पन्थी’, ‘बागी २’लगायत फिल्ममा स्क्रिन सेयर गरेको टाइगर श्राफ र दिशा पटानीको जोडीलाई बलिउडमा अत्यन्त रुचाइएको थियो । भारतीय बक्स अफिसमा दिशा पटानी अभिनित फिल्म ‘भारत’ले आक्रमक व्यापार गरेको थियो । 

अहिले उनी अर्को फिल्म ‘मंगल’मा काम गर्दै छिन् । टाइगर श्राफ भने नयाँ फिल्म ‘फाइटर’मा काम गर्दै छन् ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १५:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया