२४ फागुन, २०८२ आइतबार
March 8, 2026

चार महिना ठप्प सुदूरपश्चिम प्रदेशसभा खुल्दै, ११ पुसमा बोलाइयो बैठक
फाइल तस्बिर

लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालू अधिवेशनअन्तर्गतको बैठक यही ११ पुसमा बस्ने भएको छ ।  

सभामुख भीमबहादुर भण्डारीले आज बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा ११ पुसमा प्रदेशसभाको बैठक बस्ने निर्णय भएको जानकारी दिए ।



चालू बजेट अधिवेशनअन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनका क्रममा २४ भदौमा प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि नियमित बैठक बस्न सकेको छैन ।   

बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयकमाथिको छलफलसमेत रोकिएको छ ।    



जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै ८ करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले क्षति पुगेका संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको र ११ पुसको दिउँसो २ बजे चालू बजेट अधिवेशनको बैठक बस्ने निर्णय भएको बताए ।   

‘पुष ११ मा बैठक बस्ने र लगत्तै चालू अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन बोलाउने विषयमा सरकारसँग परामर्श भइरहेको छ । त्यसो हुन नसकेमा चालू अधिवेशनका थप बैठक बस्नेछन्,’ उनले भने ।  



  • प्रकाशित मिति : ७ पुस, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया