बाबर आजमको शतक, न्युजिल्यान्डमाथि पाकिस्तानको ६ विकेटकाे जीत

काठमाडाैं– जारी एक दिवशीय विश्वकप क्रिकेटमा बुधबार भएको खेलमा न्युजिल्यान्डलाई पाकिस्तानले ६ विकेटको जित निकालेको छ । पाकिस्तानलाई न्युजिल्यान्डले २ सय ३८ रनको लक्ष्य दिएको थियो । पाकिस्तानका लागि बाबर आजमले शतक प्रहार गरेका छन् । उनले १२७ बल खेल्दै १०१ रन बनाए । उनी अन्तिमसम्म क्रिजमा रहे । हारिस सोहेलले पनि अर्धशतक प्रहार गरे । 

योभन्दा पहिले सुरुवातमा नै दुई विकेट गुमाएको पाकिस्तानी टिमका लागि बाबरले मोहम्मद हफिजसँग राम्रो पार्टनरसिप गर्दै टिमलाई सम्हालेका थिए । 

खेलमा न्युजिल्यान्डको प्रदर्शनी सुरुवातमा खासै राम्रो रहेन । उसका आधा खेलाडी स्कोरबोर्डमा सय रन जोडिनु भन्दा अगाडि नै पेभेलियन फर्किएका थिए । तर, कोलिन डि ग्रान्डहोमले ६४ र जेम्स निशमले ९७ रन बनाए । अन्तिम पाँच ओभरमा मात्र न्युजिल्यान्डले ५३ रन बनाउन सक्यो । टिमका कप्तान केन विलियिम्सनले ४१ रनको योगदान दिए । पाकिस्तानका शाहिन अफ्रिदीले तीन विकेट लिए ।

यी दुई टिम इंग्ल्यान्डको मैदानमा यो पाँचौ पटक एकअर्कासँग खेल्दै थिए । यहाँ खेलेका यसअघिका अरु तीन खेलमा पनि पाकिस्तानले जित निकालेको थियो । न्युजिल्यान्डको टिमले यसअघि बेलायतमा सन् १९८३ मा मात्र पाकिस्तानलाई जितेको थियो । 





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार ०:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया