समस्यामा पाकिस्तानी अर्थतन्त्र, समस्यामा प्रधानमन्त्री इमरान खान

एजेन्सी– पाकिस्तानमा आर्थिक सङ्कट गहिरिने देखिएको छ । 

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँ बुधबार १ सय ६४ रुपैयाँ सम्म पुगेको थियो । यो अघिल्लो समयको भन्दा ७ रुपैयाँ २० पैसाले कम हो । 

त्यसो त केही समययता पाकिस्तानी अर्थतन्त्रमा समस्या देखिन थालिएको छ । तर, अब झन् यो संकट गहिरिएर जाने देखिएको छ । किनकि पाकिस्तानी रुपैयाँको गिरावाट अझ बढ्दै गएको छ । अहिले जुन अंकमा पाकिस्तानी रुपैयाँको कारोवार भएको छ, त्यो ऐतिहासिक रुपमा सबैभन्दा कमजोर हो । 

पाकिस्तानमा यो साता सुनको मूल्य पनि निकै बढेको थियो । बुधबार पाकिस्तानमा एक तोला सुनको मूल्य ८० हजारभन्दा धेरै थियो । अनि पाकिस्तानमा विदेशी मुद्राको भण्डार पनि अहिलेसम्मको सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । 

जुन महिनामा मात्र पाकिस्तानी रुपैयाँ ९ प्रतिशतले कमजोर भएको छ । पाकिस्तानको आर्थिक वर्ष ३० जुनमा सकिँदै छ । 

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बनेर आएपछि पछिल्लो १० महिनामा पाकिस्तानी रुपैयाँ २९ प्रतिशतले कमजोर भएको छ । गत वर्ष १८ अगस्टमा एक अमेरिकी डलर बराबर पाकिस्तानी रुपैयाँ १२३ थियो । तर, अहिले यो १६० मा पुगेको छ ।



त्यसो त सरकार बनाउने समयमा इमरान खानले सबैभन्दा पहिले रुपैयाँमा आएको यो गिरावटलाई लिएर निकै आक्रामक अभिव्यक्ति दिएका थिए । तर, अब उनी पनि यसबारे बोल्न छोडेका छन् । 

उनले अन्तिमपटक १० जुनमा देशको नाममा सम्बोधन गरेका थिए । उनले त्यति बेला ३० जुनसम्म सबैले आफ्नो सम्पत्तिको घोषणा गर्नु पर्ने बताएका थिए । उनले यसलाई अन्तिम मौका भनेका थिए । पाकिस्तानका अर्थशास्त्रीहरुले उनको यो कदमलाई स्वागत पनि गरेका थिए । 



अर्कोतिर आइएमएफसँग ६ अर्ब डलरको ऋण लिएको पाकिस्तानले उससँग आफ्ना नीतिहरु पनि नीतिहरु पनि अगाडि बढाउने बताएको थियो । अब पाकिस्तानमाथि १२ महिनामा ७ सय अर्ब रुपैयाँको कोष व्यवस्था गर्नु पर्ने दबाब छ । आइएमएफले चाहिँ पाकिस्तानलाई कर बढाउन र खर्चमा कटौती गर्न सुझाएको छ ।

तर, अहिले इमरानलाई यो कुराले समस्या परिरहेको छ । उनले चुनावी अभियानमा आफूले आत्महत्या गर्ने तर ऋण नलिने बताएका थिए । 

  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १०:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया