समाचार पढेर सुनाउने एप

काठमाडौं–  समाचार पढ्न नसक्ने वा पढ्न समय नभएका पाठकहरुलाई नेपालीमा समाचार पढेर सुनाइदिने एप आएको छ । जिनियस सिस्टम्सले ल्याएको मोबाइल एप ‘टाइम्स अफ नेपाल’ले समाचार पढेर सुनाउँछ । 

एपमा पहिले पनि पाठकहरुले समाचार पढ्न पाउँथे । तर, अब उनीहरुले सुन्न पनि पाउँछन् । हाललाई यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध छ । यो फिचरले लेख(पढ गर्न नसक्ने, वा समाचार पढ्न समय दिन नसक्नेलाई निकै सहयोग गर्ने अपेक्षा गरिएको छ । 

यो एप लन्च भएको छोटो समयमा नै गुगलले नेपालको न्युज एण्ड म्यागेजिन एपको ट्रेन्डिङ्को सूचीमा प्रथम स्थानमा राखेको थियो । नेपाली पाठक वर्ग माझ लोकप्रिय बन्दै गएको यो एपमा अहिले विभिन्न फिचरहरु थपेको छ ।

साथै ‘टाइम्स अफ नेपाल’मा मिति तथा मौसम पनि हेर्न मिल्ने सुविधा राखिएको छ ।





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १२:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया