यसरी हेर्नुहोस् एसईईको रिजल्ट

काठमाडौं– २०७५ सालको चैतमा लिइएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ । नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको र आज दिउँसो बोर्ड बैठक बसेपछि परीक्षाफल सार्वजनिक गर्न लागिएको हो । 

यस वर्षको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । 

नतिजाको लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् । 

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा मेसेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।






  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १२:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया