एइईको नतिजा सार्वजनिक, निजी विद्यालयको नतिजा उत्कृष्ट

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एइई)को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक भएको हो ।  

यस वर्ष एसइईमा सहभागी चार लाख ५९ हजार २ सय ७५ जनाको नतिजा सार्वजनिक भएको हो । त्यसमध्ये जिपिए ३.६ देखि ४ जिपिए ल्याउने सामुदायिक विद्यालयतर्फ दुई हजार सात सय ९२ र निजीतर्फ १४ हजार सात सय ८८ जना रहेका छन् ।

त्यस्तै, सामुदायिक विद्यालयका ११ हजार २ सय २३ र निजी विद्यालयका ३९ हजार नौ सय १४ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् ।  त्यसैगरी सामुयिकका २६ हजार ३ सय ६६ जना र निजीका ३७ हजार ३ सय ७५ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरेका छन् ।  

जिपिए २.४ देखि २.८ ल्याउनेमा सामुदायिकका ५३ हजार ७ सय ३० र निजीका २२ हजार ८ सय ३४ विद्यार्थी रहेका छन् । त्यसैगरी २ देखि २.४ जिपिए ल्याउनेमा सामुदायिकका ८७ हजार ७ सय ४२ र निजीका निजीका १० हजार ७ सय ६५ विद्यार्थी छन् ।

सामुदायिक विद्यालयका ९० हजार ४ सय ४५ र निजीका ४ हजार ८ सय ६२ विद्यार्थीले १।६ देखि २ जिपिए ल्याएको परीक्षा बोर्डले जनाएको छ ।






  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १७:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया