किन काँपिरहेछ जर्मन चान्सलर एन्जेला मर्केलकाे शरीर ?

बर्लिन– आठ दिनपछि जर्मन चान्सलर एन्जेला मर्केल फेरि सार्वजनिक समारोहमा काँपिन् । राजधानी बर्लिनमा आज एक समारोहबीच स्टेजमा उभिएकी ६४ वर्षे मर्केलको शरीर एक्कासि काँप्न थाल्यो । उनी हात बाँधेर उभिइरहिन् । 

दुई मिनेटजति पछि उनी केही सहज देखिइन्, र नयाँ न्यायमन्त्रीसँग हात मिलाइन् । उनलाई ग्लासमा पानी ल्याएर दिइयो, तर उनले पिइनन् । 

'द सन'ले युट्युबमा सेयर गरेको बिहीबार मर्केल काँप्दै गरेकाे भिडियो– 

१८ जुनमा मर्केलको शरीर यसैगरी काँपेको थियो । त्यतिखेर उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग चर्को घाममा उभिएकी थिइन् । त्यतिवेला उनले डिहाइड्रेसन (शरीरमा पानीको कमी) का कारण आफ्नो शरीर काँपेको भन्दै पानी पिएपछि आफूले सहज महसुस गरेको बताएकी थिइन् । 

'द गार्जेन'ले युट्युबमा सेयर गरेको १८ जुनमा मर्केल काँप्दै गरेकाे भिडियो– 



लामो समय जर्मनीको सत्ता सम्हालेकी मर्केल राम्रो ‘स्टामिना’ भएकी नेत्रीको रुपमा चिनिन्छिन् । सबेरैदेखि राती अबेरसम्म लगातारको खटाइपछि पनि प्रायः उनी ‘फ्रेस’ नै देखिन्छिन् । 

पछिल्ला दुई घटनापछि भने मर्केलको स्वास्थ्यलाई लिएर शंका र चिन्ता व्यक्त गर्न थालिएको छ । दोहोरिएर देखिएको शरीर काँप्ने समस्यालाई मर्केल आफैँले भने खासै महत्व दिएको देखिन्न । यसलाई लिएर उनले स्वास्थ्यपरीक्षण गराएकाे वा कुनै उपचार लिएकाे बताइएकाे छैन । 



मर्केलका प्रवक्ताले अहिले उनी स्वस्थ रहेको बताएका छन् । उनको पूर्वनिर्धारित कार्यक्रममा कुनै हेरफेर गरिएको छैन । आजै उनी जी–२० सम्मेलनमा भाग लिन जापान जाँदै छिन्, जहाँ उनी तीन दिनसम्म महत्वपूर्ण भेटघाटमा व्यस्त रहनेछिन् । 

  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १८:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया