किन हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । यो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व हो । तर, जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ । जसले गर्दा जोर्नीको दुखाइ, मधुमेह र पिसाबमा समस्या आउने गर्छ । शरीरमा युरिक एसिडको मात्रा पत्ता लगाउन रगतको जाँच गर्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए त्यसलाई सामान्य मानिन्छ । तर, रगतमा एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा हाइपरयुरिसेमिया भएको मानिन्छ ।

लक्षण 

  •  कतिपय अवस्थामा हाइपरयुरिसेमियाको अवस्थामा समेत जोर्नी दुख्ने र सुन्निने हुँदैन । तर, बिस्तारै जोर्नीवरपरको मासु र कार्टिलेजमा युरिक एसिड जम्मा हुन थालेपछि भने दुख्ने/सुन्निने हुन्छ । यो अवस्थालाई गाउटी अर्थराइटिस भनिन्छ । 
  •  ढाड र जोर्नी दुख्ने, जाम हुने र हातखुट्टा झमझमाउनेलाई युरिक एसिड भएको भन्ने आमधारणा छ, जुन गलत हो । वास्तवमा यस्ता लक्षणलाई युरिक एसिड भएको मान्न सकिँदैन । तर, बिहान उठ्दा बुढी औँला  दुख्ने, सुन्निने तथा हिँड्न अप्ठ्यारो हुने युरिक एसिडका लक्षण हुन् । यसबाहेक कुर्कुच्चा, घुँडा, कुहिना र औँलाका जोर्नीमा दुखाइ हुन सक्छ । 
  •  त्यस्तै, कतिपयमा युरिक एसिडको दुखाइका कारण जोर्नीमा संक्रमण भई पिप जमेको जस्तो हुन सक्छ । 
     

 

 

कारण र रोकथाम



  •  शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निकाल्छ ।
  •  रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनिर र भिन्डीलगायत पदार्थको मात्रा बढी हुँदासमेत युरिक एसिड बढ्ने गर्छ । त्यस्तै, यस्ता खानेकुरा ठिक्क मात्रामा खानुपर्छ । 
  •  दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ । त्यस्तै, जबर्जस्ती कसरत र तौल कम गर्दा समेत युरिक एसिड हुन्छ । 
  •  उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ, यस्ता चिजबाट बच्न आवश्यक हुन्छ । 
  •  युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्ने/सुन्निने कम गर्ने औषधिको सेवन गर्नुपर्छ । तर, युरिक एसिड कम गर्ने औषधि जथाभावी भने खानुहुँदैन । जसले रगतमा युरिक एसिडको मात्रा अचानक घट्छ । अनि, जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भई झन् दुखाइ बढ्न सक्छ । 


  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार ०:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया