६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

यी हुन् सन् २०२५ मा उच्च व्यापार गर्ने ५ चलचित्र, कसले कति कमाए ?

सन् २०२५ नेपाली चलचित्र क्षेत्रका लागि उल्लेख्य नै रह्यो । चलचित्रको कथावस्तु र कतिपय चलचित्रका गीतहरू सर्वाधिक रुचाइए । व्यवसायीक दृष्टिकोणले बितेको एक वर्ष नेपाली चलचित्रहरूले उल्लेख्य व्यापार गरे ।

चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी १५४ वटा फिल्म प्रदर्शनमा आएका छन् ।  त्यसमध्ये सन् २०२५ मा सबैभन्दा बढी कमाई गरेका सफल नेपाली फिल्महरूको समीक्षा गरेको छ ।



करिब डेढ दर्जन बढी फिल्मले तारिफ योग्य व्यापार गरे भने अन्यको व्यापार औषध नै रह्यो । यो वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परान’ बन्यो । प्रदर्शनरत यस ब्लकबस्टर फिल्मको व्यापार १७ करोड ६८ लाख छ रहेको छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई पनि पछि पारेको छ ।

यसैगरी वर्षको सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म ‘जेरी अनटप’ पनि सूचिमा छ । १२ करोड २९ लाख कमाइ गरेको यो फिल्म मे १७ अक्टोबरमा रिलिज भएको हो । यो फिल्म देशका धेरै सिनेमा हलहरूमा लामो समयसम्म लागेको थियो ।



यसैगरी सुरुमै वर्षमा राम्रो प्रतिक्रिया पाएको फिल्म हो ‘ऊनको स्विटर’ । यसले पनि बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको छ । ऊनको स्विटर फिल्मले ११ करोड ४३ लाख कमाई गरेको छ । सामाजिक/ड्रामा शैलीको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पायो ।

यसैगरी बितेको एक वर्षमा सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म हो ‘एञ्जिला’। ‘एञ्जिला’ले बक्स अफिसमा राम्रै कमाइ गर्यो ‘एञ्जिला’ले बक्स अफिसमा ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली फिल्महरूमा ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् । चलचित्रकै गीतहरूले पनि राम्रो भ्यूज पाएका छन् । विशेषतः दशैं र तिहारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएका फिल्महरू जेनजी आन्दोलनको मारमा परेका थिए ।

यसैगरी हलमा लागेका तीन विदेशी फिल्महरू समेत सफल व्यापार गरेका छन् । जसमा यो वर्ष नेपाली हलमा लागेका तीन भारतीय फिल्महरूले नेपाली दर्शकबाट राम्रो साथ पाएका छन् । नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने विदेशी फिल्म ‘कान्तारा’ हो ।



दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर यो दुई वटाको व्यापार छ ।

सबैभन्दा कम व्यापार गर्ने पनि भारतीय फिल्म नै छ । फिल्म ‘नारी शक्ति’को जम्मा ४५ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ४ हजार १५० छ । त्यस्तै प्रदर्शनरत भारतीय फिल्म ‘धुरन्धर’ले ९ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

  • प्रकाशित मिति : १७ पुस, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया