६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

वर्ष २०२५ : रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौती

पछिल्लो समय नेपालमा नाटक अर्थात रङ्गमञ्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रङ्गमञ्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ । चलचित्र आउनुभन्दा अगाडिदेखि डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो । पछिल्लो समय सिनेमा हल छिर्ने दर्शकहरू रंंगमन्चतिर सोझिन थालेका थिए ।

समाज दोहोर्‍याउने खँदिला विषयवस्तु पस्किएका रङ्गकर्मीहरूले नेपाली मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि आफूलाई उपस्थित गराउँदै आएका छन् । व्यावसायिक रूपमा उल्लेख्य प्रगति नगरे पनि रङ्गमञ्चमा लगानी र आकर्षण भने बढ्दो छ ।



आरोहण गुरुकुल, सर्वनाम थिएटर, शैली थिएटर, शिल्पी थिएटर, पुरानो घर थिएटर, कीर्तिपुर थिएटर, कौशी थिएटर लगायतका नाटक घर काठमाडौमा चल्तीमा छन् । काठमाडौं बाहिर पनि नाटक घर खुलेका छन् । जसका कारण नाटकप्रति आकर्षण बढ्दो छ ।

यद्यपि, सन् २०२५ रङ्गमञ्चका लागि उत्तिसारो फलिफाप रहेन । कोभिड महामारीपछि लयमा फर्किँदै गएको नेपाली समाजमा अस्थिर राजनीतिका कारण केही असहज परिस्थिति निर्माण भयो जसले रङ्गमञ्च क्षेत्र पनि प्रभावित भएको देखिन्छ । बितेको वर्ष ‘कर्तव्य’, ‘जब फूलले आकार लिन्छ..’‘हराएको कुकुर’, ‘न्यायको सपना’, ‘बहादुरपुरको दन्त्यकथा’, ‘मिलारेपा’ जस्ता नाटकहरू चर्चामा रहे ।



अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ मा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, ‘काण्डता र शकुन्तला’ र ‘मिलारेपा’ शिर्षकको नाटकहरू प्रस्तुत भए । यसमध्य ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाटक पितृसत्तात्मक सोच र परम्परा परिवर्तनको विषयमा आधारित सामाजिक नाटक हो ।

अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् ।

नेपालको रङ्गमञ्चको परिदृश्यले समृद्ध सांस्कृतिक सम्पदा र विकसित हुँदै गइरहेको समकालीन परिदृश्यलाई प्रतिबिम्बित गर्दछ । गाई जात्रा प्रदर्शन र दोहोरी जस्ता लोक परम्पराहरूमा जरा गाडेको नेपाली रङ्गमञ्च सामाजिक संवादको लागि एक मञ्चको रूपमा विकसित भएको छ । सबिता नयाँजू



  • प्रकाशित मिति : १७ पुस, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया