काठमाडौं– बिहीबार सार्वजनिक भएको एसईई नतिजामा बी प्लस ल्याएर उत्तीर्ण भएकी अभिनेत्री करिश्मा मानन्धरले सरकारी क्याम्पस पढ्ने अडान दोहोर्याएकी छिन् । नायिका मानन्धरले आफू घरनजिकैको सरकारी कलेजमा पढ्ने बताएकी छिन् । उनले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठीक भएको पनि स्पष्ट पारेकी छिन् ।
आफूलाई गोल्डेन गेटका शिक्षक घरमै भेट्न आएर अध्ययनका लागि प्रस्ताव गरेको तर, आफूले सरकारी कलेज नै पढ्ने अडान राखेको उनले बताएकी छिन् । सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकतालाई तोड्न आफूले सरकारी कलेज रोजेको उनले बताइन् ।
शुक्रबार आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुसी साट्न पुगेकी नायिका मानन्धरले आफू पुनः राजनीतिमा लाग्न सक्ने सम्भावना रहेको बताइन् । असम्भव भन्ने कुरा केही पनि नभएको भन्दै उनले आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।